समाचार

डा. कोईरालाको दाबीः निर्मला पन्तको बलात्कार र हत्यामा ओली सरकारको संलग्नता छ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोईरालाले प्रधामन्त्री र मन्त्रीहरु संबिधानलाई नस्विकार्दै अराजकतातिर धकेलिदै गएको बताएका छन् ।

प्रधानमन्त्रीसंग दुईतिहाई मत भएपनि अझै शक्तीको भोको देखिएको दाबी गरेका छन्, प्रधानमन्त्रीले राजश्व अनुसंधान बिभाग, सम्पती शुद्धिकरण राष्ट्रिय अनुसंधान बिभाग सबै आफ्नो मातहतमा राखेर अझै सरकारले कुर्शीमा बस्छु भन्ने सोच राखेमा अब नेपाली जनताले नस्विकार्ने दाबी गरे ।

ओली सरकार संघीयता बिरोधी, संघीयता बिरोधी भएको आरोप लगाउँदै प्राकृतिक स्रोत र वित्त आयोग बनाउन अझै नखोज्दा केन्द्र र प्रदेशमा हुने करको ढाँचामा समस्या आएको बताए । आयोग बनाउन नचाहँदा सरकारले मनोमानी ढंगले कानून मै हो, राज्य मै हो भन्ने हिसाबले कर बढाएको काँग्रेसले ठहर गरेको डा. कोईरालाको दाबी छ ।

कम्युनिष्ट संघीयतामा विश्वास नगर्ने दाबी गर्दै कुनै मधेशी नेता कुनैबेला गिरिजाबाबुको बिरुद्धमा एमालेबाट सुनसरीमा निर्बाचन लडेको, त्यसपछि मोआबाीबाट र पछिल्लो निर्बाचनमा ती मधेशका नेतालाई जनताले मत दिएपनि पछि मधेशलाई धोका दिएको बताएका छन् । मधेशबादी दलहरु पार्टी नै नभएको दाबी गरेका गर्दै डा. कोईरालाले एकातिर सरकारलाई समर्थन गर्ने तर अर्कातिर यो भएन भने समर्थन फिर्ता लिन्छौं भन्ने मधेशबादी दलहरुसंग सिवचार नै नभएको तर्क प्रश्तुत गरेका छन्् ।

ओली सरकारले रेशम चौधरीतर्फ संकेत गर्दै सरकारले जेल परेको मान्छेलाई सभामुखले सपथ गर्ने र पुनः जेल राख्ने अचम्मको बनाएको आरोप लगाउदै काँग्रेस आफ्नो धर्मलाई अगाडी बढाउने प्रयास गर्दै प्रलोभनमा पारेर धर्म परिवर्तन गराउनु कानुनी अपराध भएको डा. कोइरालाले भने बताएका छन् ।

ओली सरकार धर्मको नाममा राजनीति गर्ने, जनतालाई एक आपसमा झगडा गराउने कार्यमा जुटेको बताउँदै काठमाण्डौमा केही महिना अगाडि भएको एक क्रिश्चियनको कार्यक्रममा प्रधानमन्त्री आफैं होटलको कोठामा ३ दिन लुकेर बस्ने कार्य धर्ममा सरकारको संलग्नताको उदाहरण भएको डा कोईरालाको तर्क छ ।

नेपाली जनताले सुशासन, बलात्कारको अन्त्य, महंगी नियन्त्रण, भ्रष्टाचार न्यूनिकरण चाहेपनि अहिले दुई बर्षको बालीकादेखी ८० बर्षको बृदासम्म बलात्कार भएका बेला सरकार मौन बस्नु गैरजिममेवारीको पराकाष्टा भएको डा कोईरालाको भनाई छ ।

डा. कोईरालाले निर्मला पन्तको हत्या भएको १६० दिन कटेपनि त्यसमा केही बोल्न नसकेको भन्दै १० बर्षीया बालीका निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन नसक्नु उक्त घटनामा ओली सरकार आफैं संलग्न भएको कारण भएको दाबी गरेका छन् । पछिल्लो समयमा जनता कर तिर्न नसक्ने अवस्थामा आएको बताउदै, गृहमन्त्रीले ठाूला माछा समात्ने दाबी गरेपनि भ्रष्टाचार संस्थागत भएको बताउँदै बुढीगण्डकी काण्ड, चिनीको मुल्य बृद्धी, वाईडबडी काण्डमा ४ अर्ब भन्दा बढी घोटाला काण्डमा धेरै ठुला नेता परेपनि एउटा जाबो सचिबलाई समातेर दुःख दिन नहुने तर्क प्रस्तुत गरेका छन् । उनले वाईडबडी काण्डलाई अख्तियारले हस्तक्षेप गरी असली भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने जिकिर गरेका छन् ।

नेपाली काँग्रेसको काँधमा ठूलो जिम्मेवारी आएको बताउदै मधेशीहरु नेपाली हुन् र उनीहरुको राष्ट्रियतामा हामीले शंका गर्नु नहुने बताएका छन् । नेपाली काँग्रेसले मात्र मधेशको विकास गर्न सक्ने जिकिर गर्दै मुलुकको विकास नै नेपाली काँग्रेसको अगुवाईबिना असंभब भएको बताएका छन् ।
बाह्राको सिम्रौनगढमा आयोजित काँग्रेस कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट मधेस आन्दोलनका बेला केही गल्ती भएका भएपनि देशहीतका लागि मधेशी जनताले काँग्रेसलाई क्षमा गरिदिनुपर्ने बताएका छन् । महासमिति बैठकले गरेका निर्णय अनुसार चौधौ महाधिवेशन गर्न कार्यकर्ताले दबाब दिनुपर्ने बताउदै अव काँग्रेस महाधिवेशनले युवाहरु नेतृत्वमा आउने विश्वास ब्यक्त गरेका छन् ।

-कार्यक्रममा उपस्थित कार्यकर्ताहरु
-कार्यक्रममा उपस्थित कार्यकर्ताहरु