आर्थिक

जनता बैंकद्वारा सर्वोत्कृष्ट भलिबल टिमलाई पुरस्कार प्रायोजन

कठमाडौँ । नेपाल भलिबल संघले भलिबल खेलको विकास र विस्तारको लागि निरन्तर रुपमा खटी काम गर्ने संघसंस्था, व्यक्तित्वहरु लगायत राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमा उत्कृष्ट खेल प्रदर्शन गर्ने टिम र खेलाडीहरुको मनोबल बढाउने उद्देश्यले २०७४ साल देखि एन.भि.ए. अवार्ड प्रदान गर्दै आइरहेको छ ।

दोस्रो एन.भि.ए. अवार्ड कार्यक्रमयही २०७५ माघ ११ गते आयोजना गरिएको छ । कर्पोरेट क्षेत्रको प्रत्यक्ष सहभागिताले खेलाडीको मनोबल बढाई समग्र खेल क्षेत्रकै विकासमा महत्वपूर्ण योगदान पुग्न सक्ने कुरालाई दृष्टिगत गरी जनता बैंकले खेलाडीहरुलाई प्रदान गरिने बभिन्न पुरस्कारमा प्रायोजन गर्दै आइ रहेको छ ।

यसै सिलसिलामा आज जनता बैंक नेपालका नायब प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमणशर्मा बिच पुरस्कार प्रायोजन सम्बन्धि एक संझौतामा हस्ताक्षर सम्पन्न भएको छ । संझौता अनुसार नेपाल भलिबल संघलएन.भि.ए. अवार्ड सेरेमोनीमा प्रदान गर्ने बर्षको सर्वोत्कृष्ट टिम पुरुष र महिलाको लागि नगद पुरस्कार २ लाख (प्रतिटिम रु. एक लाख) जनता बैंकले प्रायोजन गर्ने छ ।

साथै उक्त प्रायोजन आगामी ५ बर्षसम्म उपलब्ध गरइने छ । गत पौष १३ गते नेपाल राष्ट्रिय अन्तराष्ट्रिय खेलाडी संघ (एनएनआईपिए)ले आयोजना गरेको खेलाडी सम्मान कार्यक्रममा बर्षको सर्वोत्कृष्ट खेलाडी पुरुष एक र महिला एक गरीरु. २ लाखको पुरस्कार पनि जनता बैंकको प्रायोजनमा प्रदान गरिएको थियो । उक्त पुरस्कार पनि आगामी ५ बर्षको लागि प्रदान गरिने गरी संझौता गरिएको छ । जनता बैंकको खेल प्रतिको यस सहयोगले खेलाडीहरुमा हौसला प्रदान भई खेल क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास लिएका छौं ।