समाचार

प्रधानमन्त्रीको कडा निर्देशनः मोटरसाईकलमा यात्रु बोक्नेलाई कारबाही नगर्नुस

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाईकलमा प्यासेन्जर बोक्नेलाई कारबाही नगर्न गृह मन्त्री रामबहादुर थापा र निर्माण तथा यातायात मन्त्री रघुवीर महासेठलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले अनावश्यक कुराहरुलाई नउचाल्न भन्दै ब्यापक जनदबाब आइसकेकोले उक्त कार्यलाई यथास्थीतिमा राख्न राष्ट्रिय योजना आयोगमा भएको बुधबारको एक कार्यक्रममा निर्देशन दिएको प्रेश संयोजक चेतन अधिकारीले बताएका छन् ।
दुई पाँग्रे सवारी साधनबाट भाडा लिएर सपवारी चलाईरहेकालाई ट्राफिक प्रहरी र यातायात ब्यवस्था बिभागले कारबाही गरिरहेका बेला नेकपा अध्यक्ष समेत रहेका प्रधानमनत्ती ओलीले उक्त निर्देशन दिएका हुन् ।
केही दिन अगाडीमात्र सरकारले बिभिन्न संस्था वा ब्यक्तीगत रुपमा मोटरसाईलमा यात्रु ओसार्ने सवारी धनी र सवारी साधनलाई कारबहाही गरेपछि बिभिन्न प्रभाबशाली ब्यक्ती तथा संस्थाहरुको सरकारबिरुद्धमा तीब्र बिरोध आएपछि प्रधानमन्त्री ओली सरकारको निर्णयमा असन्तुष्ट हुंदै निर्देशन दिएको बताइएको छ ।