प्रदेश 1

दुई सय सत्तरी घर पुनःनिर्माण सम्पन्न

भोजपुर । जिल्लामा हालसम्म २७० घरको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्प गएको साढे तीन वर्ष बितिसक्दा अहिलेसम्म २७० मात्र घरको पुनःनिर्माण सम्पन्न भएको हो ।

जिल्लामा भूकम्पबाट पूर्ण क्षति भएका पाँच हजार १६७ घरमध्ये हालसम्म २७० जनाले तेस्रो किस्ताको रकम बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारको कार्यालय भोजपुरले जानकारी दिइएको छ । दुई हजार ५३६ ले दोस्रो किस्ताको बुझिसकेका छन् भने पाँच हजार ७१ ले पहिलो किस्ता बुझेका कार्यालयका नायव सुब्बा हकिृष्ण दाहालले जानकारी दिर्ए ।

पुनःनिर्माणअन्तर्गत पहिलो किस्ता लिएर पारिवारिक समस्याको कारण देखाउँदै एक जनाले भने रकम फिर्ता गरेको कार्यालयले जनाएको छ । चार सय ५३ प्रवलीकरण सङ्ख्या रहेकामा हालसम्म १८४ को सम्झौता भएको र उनीहरुले निकासा लिएको कार्यालयले जनाएको छ ।