बाग्मती

पाँच लाखसहित जुवा खेलिरहेका १५ पक्राउ

काठमाडौँ । महाराजगञ्जस्थित महानगरीय प्रहरी वृत्तले रु पाँच लाख ३५ हजार ८४०सहित १५ जुवाडेलाई पक्राउ गरेको छ । वृत्तअन्तर्गत महानगरीय प्रहरी वृत्त गोँगबुका प्रमुख मोहनविक्रम केसीको नेतृत्वमा खटेको टोलीले टोखा नगरपालिका–१० गणेशस्थानस्थित लोकबहादुर गुरुङको कोठामा छ थान ताससहित बुधबार राति ९ बजे पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रोशन गुरुङ, रमेश परियार, मिलन सिलवाल, पुष्प गुरुङ, बुद्धि तामाङ, श्याम श्रेष्ठ, लोकबहादुर गुरुङ, खमबहादुर गर्भुजा, रामदेव रिमाल, कुमार ठकुरी, मुकुन्द भण्डारी, नारायण बुढाथोकी, होम गुरुङ, जमिरदिन मियाँ र गणेश घले छन् ।

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईँले विशेष सूचनाका आधारमा जुवा खेलिरहेको स्थानमा प्रहरीले छापा मार्दा ताससहित १५ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए। पक्राउ परेकासँग बयान लिने काम भइरहेको जनाइएको छ ।