आर्थिक

सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस” योजन विजेता घोषित

काठमाण्डौ । सिटी एक्सप्रेसको “लखपति एक्सप्रेस” योजना अन्तर्गत सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानबाट पैसा पठाई बम्पर उपहार १२ लाख को लक्की ड्र«मापरी मान बहादुर खत्री विजेता घोषित भएका छन् ।

सिटी एक्सप्रेस कम्प्लेक्स् भवनमा कार्यक्रमको आयोजना गरी एक समारोह बीच सिटी एक्सप्रेसको प्रबन्ध निर्देशक चन्द्र टण्डन र ब्रान्ड एम्बेसडर सिताराम कट्टेलद्वारा सिस्ट्ममा आधारित लक्की ड्र मार्फत उक्त विजेता घोषणा गरेको छ ।

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले दुई सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले १० हजार नगदर ३ जनाले एक लाख नगद प्राप्त गरिसकेका छन्।

ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेसको“लखपति एक्सप्रेस”उपहार योजना अन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० र(को मोबाइल टप अप १२ जनालाई, त्यसैगरी साप्ताहिक रुपमा १० हजार तीन जनालाई र हरेक महिना लक्कीड्रमा विजयी हुने एक जनाले एक लाख र अन्त्यमा एक जना भाग्यशाली विजेतालेरु १२ लाख बम्पर उपहार प्राप्त गर्ने प्रावधान राखिएको थियो।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले आफ्नो १२ औं बार्षिकोत्सवको उपलक्ष्यका साथै दसै, तिहार र छठ्लाई लक्षित गर्दै यस “लखपति एक्सप्रेस” योजनाको आयोजना गरेको थियो ।यो योजना असोज १ गते देखि मंसिर २९ गते सम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए ।