खेलकुद

अन्तर्राष्ट्रिय करातेमा २१ खेलाडीले भाग लिने

काठमाडौं । भारतको कोलकातामा हुने २७औँ खुला अन्तर्राष्ट्रिय सोतो कप कराते प्रतियोगितामा नेपालबाट २१ खेलाडीले भाग लिने भएका छन् ।

यही माघ ५ र ६ गते हुने दुईदिने उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीमा सुशान्त कुमाल, सुनील सञ्चुरी, अडोल्फ अलेक्जेण्डरजङ सापकोटा, मनोज घलान, रोमन तामाङ, समीर लामा, सुलभ थापा, सवीन्द्र शाही, दीपेश राई र प्रनिश श्रेष्ठ छन् ।

त्यसैगरी श्रवण यादव, इशान बाँस्कोटा, विकास तामाङ, सुनिता मगर, आशा तामाङ, सोनु तामाङ, रोजिना डङ्गोल, सुस्मिता कालाखाती, अस्मिता मोक्तान, सिर्जना केसी र ऋतिका पौडेलले प्रतिस्पर्धा गर्नेछन् । उक्त प्रतियोगितामा श्याम शेर्पा, विनोद सापकोटा, सुशान्त मोदक र सुरज श्रेष्ठले निर्णायकको भूमिका निर्वाह गर्नेछन् । नेपाली टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ ।