आर्थिक

डिशहोमको अध्यक्षमा पुनः हेमराज ढकाल

काठमाण्डौ । नेपालको पे टि.भि. इन्डस्ट्रीमा नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको डिश मिडिया नेटवर्क को ९ औं बार्षिक साधारण सभा हेमराज ढकालको अध्यक्षतामा पौष २६ गते सम्पन्न भएको छ । सो साधारण सभाले आगामीआर्थिक बर्षमा आईपीओ जारि गर्ने निर्णय गरेको छ । कम्पनिले आफ्नो कुलजारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको छ ।
साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णय गरेको हो । संचालक समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।
नेपालमा रहेका ग्राहकहरु माझ गुणस्तरीय सेवा प्रदानगर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डि.टि.एच. सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदानगर्दै आईरहेको छ । डिशहोम नेपालको भौगोलिक बनावटमा उपयुक्त रहेको रजुनसुकै ठाउँमा पनि सहजै जडान गर्न सकिने भएकोले ग्राहकहरुको पहिलो रोजाई बन्न सफलभएको छ ।