समाचार

भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्छः गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले भूकम्पीय जोखिमबाट बच्न सुरक्षित संरचनाको व्यवस्था गर्नुपर्ने बताउँदै त्यसको लागि सबै सचेत हुनुपर्छ भनेका छन् ।

विसं १९९० माघ २ गते गएको भूकम्पमा परी दिवङ्गतहरुको सम्झनामा आज यहाँ आयोजित २१औँ स्मृति सभामा गृहमन्त्री थापा अप्रत्याशित जोखिमबाट बच्ने बच्ने र बचाउने उत्तम उपाय भनेकै सुरक्षित भवन र यसप्रतिको साझा प्रतिबद्धता हो भने । सभामा महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भवन संहिताको कार्यान्वयनमा सहयोग गर्न निर्माण पक्षलाई आग्रह गर्दै आगामी दिनमा कामपासँग स्वीकृति नलिइ सरकारी र निजी भवन बनाउन नपाइने स्पष्ट पारे ।

महानगर विपद् व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले वडा तहमा गठन गरिएका विपद् व्यवस्थापन तथा नागरिक सुरक्षा समितिमार्फत नागरिकलाई सुरक्षित महसुस गराउने कामले तीवता पाइरहेको जानकारी दिए । विसं १९९० माघ २ गतेको विनाशकारी भूकम्पले पु¥याएको क्षति सम्झना गर्दै अवका पुस्ताले यस प्रकारको क्षति व्यहोर्नु नपरोस् भनेर सजग राख्न यो दिवस मनाउने गरिएको छ ।

सुरक्षित बस्ती निर्माणमा नयाँ पुस्तालाई सहभागी गराउने उद्देश्यले विसं २०५५ देखि हरेक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाउन थालिएको हो । सोही अवसरमा गृहमन्त्री थापा र महानगरका प्रमुख शाक्यले महानगर विपद् व्यवस्थापन विभागले प्रकाशन गरेको टेलिफोन सम्पर्क पुस्तीका सार्वजनिक गरे । यस वर्षको नारा “विपद्बाट सुरक्षित हुने नागरिक अधिकार, पूरा गर्न जिम्मेवार सङ्घ, प्रदेश र स्थानीय सरकार” रहेको छ ।