मनोरञ्जन

टिका र कालुङको आवाजमा ‘ए कान्छि ’

काठमाण्डौ । सानै उमेर आफुलाई जन्मदिने आमा गुमाएका गायक मानव कालुङ मगरको बाःतविक जिवन भोगाईँमा आधारित गीत ‘ए कान्छि ’ गीतको भिडियो सार्वजनिक भएको छ । आफनो मौलिक कौडा गीतमा गायिका टिका पुन र गायक मानव कालुङ मगरको आवाज रहेको छ । प्रियसी म्युजिक प्रालीले गीतको भिडियोलाई बजारमा ल्याएको हो ।
गीतमा हजारौ परदेशी युवाहरुको जिवन कथालाई समेटिएको छ । आफनी प्रेमीकालाई छोडेर बाहिर देशमा जानु पर्ने नेपाली युवाको पिडालाई गीतमा निकै मार्मिक तथा रोचक रुपमा समेटिएको छ । गम बयम्बु मगरको शब्द तथा मौलिक लय सिर्जना रहेको छ । मुकेश हुमाँगाईँको छायाँकन , अविनास डिसीको सम्पादन , रविन शाहको निर्देशन भिडियोमा रहेको छ । गीतमा शरिष्मा मगर र मानव कालुङ मगरको अभिनय रहेको छ ।