सामाजिक सञ्जाल

नयाँशक्तीसंग हाम्रो विचार मिल्दैन तत्काल एकीकरण असम्भबः डा. आचार्य

काठमाण्डौ । विवेकशील साझा पार्टीले नयाँशक्तीपार्टीसंगको एकता नहुने बताएको छ । सो पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले सामाजिक संजाल फेसबुकमा लेख्दै नयाँ शक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रबिच पार्टी एकीकरण हुने भन्ने बिषयमा आएका बिभिन्न समाचारहरुमा ध्यानाकर्षण भएको देखाउदै आफूहरुसंग बिचार मिल्ने सबैसंग एकता हुने भनिएपनि नयाँशक्ती र विवेकशीलबीच बिचार नमिल्ने हुनाले एकता असम्भब प्रायः भएको दाबी गरेका छन् । केहीदिन अगाडीमात्र पोखराको एक कार्यक्रममा डा. भट्टराई पुत्रीसंग रवीन्द्र मिश्रले तस्विर खिचेर फेसबुकमा सार्बजनिक गरेपछि पार्टी एकीकरणको सम्भाबना आँकलन गरिएको थियो । भने उक्र आँकलन विवेकशील साझा पार्टी फुटेपछि झन बढेको थियो । उक्र आँकलनलाई सो पार्टीले स्पष्ट गर्न खोजेको छ । डा. आचार्यको स्टाटस जस्ताको तस्तैः

‘नयाँ शक्तिसंग एकता हुनै लागेको हो कि भन्ने अर्थमा समाचार शिर्षक राखिएछ। त्यसो हैन। विचाररएजेण्डा मिल्ने सवै वैकल्पिक शक्तिका व्यक्तिरसमुहसंग एकतारसहकार्यका लागि हामी खुला छौं भनिएको हो। तर नयाँ शक्तिसंग विचाररएजेण्डाको तहमा धेरै विमती छ, र एकताको खासै संभावना छैन।’