आर्थिक

सनराइज बैंकको अध्यक्षमा दुगड, गभर्नर नेपालद्वारा सपथ

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् ।

दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिएको बैंकले जनाएको छ । शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित थिए ।