खेलकुद

विश्व च्याम्पियन महेश्वर सम्मानित

काठमाडौँ । शारीरिक सुगठन तथा फिट्नेस सङ्घले विश्व शारीरिक सुगठन च्याम्पियनशिपका स्वर्ण विजेता महेश्वर महर्जनलाई नगदसहित सम्मान गरिएको छ ।

सङ्घद्वारा आज यहाँ आयोजित कार्यक्रममा सांसद कृष्णगोपाल श्रेष्ठ र काठमाडौँ जिल्ला शारीरिक सुगठन तथा फिट्नेस सङ्घका अध्यक्ष सुरेश सुवेदीले महेश्वरलाई सम्मानपत्र र रु ५१ हजार प्रदान गरी सम्मान गरे ।

थाइल्याण्डको चाङमाईमा गत डिसेम्बरमा भएको १०औँ विश्व शारीरिक सुगठन च्याम्पियनशिपको शारीरिक सुगठनतर्फ पुरुष ७५ केजीमा महेश्वरले स्वर्ण पदक जित्नु भएको थियो ।