विचार/ब्लग

सप्तकोशीले विश्वभरका पर्यटक तान्न सक्छ

ब्रिजेश बस्नेत/ बराह नगरपालीका सुनसरी जिल्लास्थित कोसी नदीको छेउमा रहेको एउटा पर्यटकीय क्षेत्र हो । यहाँ बिभिन्न जात जातीका मानिसहरु बस्दछन् । यो नगरपालीकामा बराहक्षेत्र मन्दीर, सप्तकोसी नदी, रामधुनी मन्दीर, कोसी टप्पु बन्यजन्तु आरक्षण आदि राष्ट्रिय स्तरका पर्यटकीय क्षेत्रहरु छन्। यो नगरपालीका क्षेत्रपmलका हिशाबले दुई सय २२ कि.मिमा पmैलिएको छ। यस नगरपालीकाको कुल जनसङ्ख्या ६९ हजार ८५८ रहेको छ। यो क्षेत्र पछिल्लो समयमा स्थानीय तहको क्षेत्र छुट्याउदा ५ वटा गाबिस (महेन्द्रनगर, भरोैल, बराहक्षेत्र, प्रकासपुर, मधुवन ) मिलेर बनेको नगरपालिका बनेको क्षेत्र हो । यस नगपालीकाको मुख्य कार्यालय सुनसरीकै ऐतिहाशिक र पुरानो स्थान चक्रघट्टी बजारमा रहेको छ । यो प्रदेश नम्बर १ मा पर्ने एउटा बिकास हुँदै गरेको क्षेत्र हो । कोसीटप्पु बन्यजन्तु आरक्षणमा एशियाकै सबभन्दा धेरै प्रकारका चराहरु पाउने हुनाले समेत आन्तरिक र बाह्य पर्यटकहरुको उल्लेख्य मात्रामा उपस्थिति देखिन्छ ।

-ब्रिजेस बस्नेत

यो क्षेत्रमा हिन्दु धर्मकै प्रशिद्ध रामधुनी मन्दीर रहेको छ । यस मन्दीरमा बर्षमा एक पटक प्रदेश नम्बर १ स्तरीय मेला लाग्ने गर्दछ । शुरुमा ५ वटा गाबिस समावेश गरेर बनाईको यो नगरपालीकाको नाम वराह नगरपालीका थियो । देशभरका ७५३ स्थानीय तहको निर्बाचनपछि आएका जनप्रतिनिधिले विभिन्न परिवर्तन गरेजसरी नै संबिधनतः बराहक्षेत्र नगरपालिका नामाङ्करण यस क्षेत्रलाई समेत गरेका हुन् । ११ वटा वडा भएको उक्त नगरमा हिन्दुहरुको प्रशिद्ध मन्दीर वराहक्षेत्र भएकोले पनि उक्त नाम राख्दा उचित हुने ठानेर स्थानीय तहले नाम परिवर्तन गरेको स्थानीय बुद्धीजिवीको ठम्याई छ । यस नगरपालीकामा ब्रम्हण , क्षत्री, नेवार, मगर, राई, लिम्बु, तामाङ, दलित, मधेशी, मुश्लीम, थारु लगायत सबै जाती र बर्गका मानिसहरुको बसोबास छ । यहाँ बिभिन्न बर्गका मानिसहरु जात अनुसार बिभिन्न भाषाहरु बोल्ने गर्दछन् । यहाँ दशैं तिहारमात्र नभएर साकेला, चन्डी नाच, लोसार, इद जस्ता चाडहरु मनाउने गरिन्छ । यस नगरपालीकामा नेवार जातीका मानीसहरुको जनसङख्या अन्य भन्दा धेरै भएकोले नेवारी चाडपर्व भब्यसङ्ग मनाउने गरिन्छ ।

यस नगरपालीकाको वडा नम्बर १ मा पर्ने चतरा भन्ने बजारमा हिन्दु धर्मको ठुलो मेला कुम्भ मेला लाग्ने गर्दछ, १२ बर्षमा एकपटक लाग्ने उक्त मेलामा भारतबाट समेत दशौं हजार हिन्दू धर्मालम्बीहरु आउने गरेका छन् । यस नगरपालीकामा चक्रघट्टी, चतारा, प्रकासपुर, राजाबास, कालाबन्जर, बाङ्गे, मघुवन जस्ता एतिहाशिक र प्रशिद्ध बजारहरु पर्दछन् । यहाँका धेरैजसो मानिसहरु कृषि पेशामा आश्रित छन् । वैदेशीक रोजगार भन्दा पनि कृषि तथा व्यापार क्षेत्रमा रुची यहाँका मानिसहरुमा छ । राम्रो उत्पादन हुने माटो भएकोले यहाँको मानिसहरु कृषि क्षेत्र बढी रुचाउछन् । कृषि क्षेत्रभित्र धान, गहुँ, मकै, तोरी, सागसब्जी, च्याउ, उखु खेती जस्ता खेतीहरु यहाँको किसानहरुले गर्दछन् । पशुपालन यहाँका स्थानीयको परमपरागत पेशा भएपनि पछिल्लो समयमा आधुनिक तवरले यो पेशा अपनाउन समेत थालेका छन् । गाईभैसी पालन, बाखा्र पालन, माछा पालन, कुखुरा पालन जस्ता व्यवसाय गर्दै यहाँको मानिसहरु आपm्नो जिवीका चलाउछन् । यस नगरपालीकाको वरिपरी पुर्वकै युरोपको रुपमा चिनिने धरान शहर, नयाँ शहरको रुपमा चिनिने ईटहरी उपमहानगरपालीका, जिल्लाको सदरमुकामको रुपमा चिनिने इनरुवा नगरपालीका, रामधुनीभाषी पर्दछन् । विकशीत नगरपालीकाहरुको बीचमा रहेको यो नगरपालीका भने अझैपनि बिकासमा त्यति राम्रो प्रगती गर्नसकेको देखिदैन । यस क्षेत्रका प्रतिनिधि सभा सदस्यको रुपमा नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका ज्ञानेन्द्र कार्की र प्रदेश साँसदको रुपमा नेकपा एमालेबाट विजयी भएका जगदीश प्रसाद कुशियत र नगरपालीकाको मेयरको रुपमा पनि नेकपा एमालेकातर्फबाट नै विजय भएका निलम खनाल छन् ।

यस नगरपालीकामा दर्जनभन्दा बढी सरकारी स्तरका विद्यालयमात्र नभएर पछिल्लो समयमा निजी विद्यालयहरु समेत दिनदिनै खुल्दै गएका छन् । निजी विद्यालयहरुमा स्काई ल्याब एकेडेमी, मर्निङ स्टार स्कुल, सुनसरी गार्र्डेन एकेडेमी,जीवनज्योती उच्च माध्यमिक विध्यालय, भरौल बाल मन्दीर, मुन बिम एबेडेमी, द अक्सफोर्ड स्कुल जस्ता छन् । सरकारी विध्यालयहरुमा श्री महेन्द्र हाइ स्कुल, तितृगाछी स्कुल, बसन्तऋतु स्कुल, सप्तकोशी मावि लगायत छन् । वराहाक्षेत्र नगरपालीकामा विद्यालय धैरै भएतापनि स्थानीय शिक्षा केन्द्रसँग जोड्ने खाल्को रुपमा विकास सकेको देखिँदैन । यहाँका विधार्थीहरु कतिपय विद्यालय स्तरका नै त कतिपय कलेज पढ्न ईटहरी, धरान, बिराटनगर वा केन्द्रीय राजधानी काठमाण्डौ धाउने गरेका छन् । पढाई गुणस्तरीय बनाउन योग्य शिक्षकहरुलाई मात्र प्राथमिक्ता दिएर पढाईलाइ किताबी ज्ञान मात्र नभएर सङगीतीक, खेलकुद, मनोरञ्जनात्मक तथा बाहरी ज्ञानलाई पहिलो प्रथामिक्ता दिएर पठनपाठनलाइ अगाडी बनाउनु पर्ने भएपनि ब्यबाहरिक क्षिक्षाको नीति नहुँदा अध्ययन गरेपछि रोजगार पाउन बिद्यार्थीहरुलाई मुश्किल पर्दछ ।

साक्षरताका हिसाबले देशकै अग्रस्थानमा रहेको वराहक्षेत्र नगरपालीका सबै जातजाती, भाषाभाषीको बसोबास भएको एउटा राम्रो भौगोलिक क्षेत्र हो । वराहक्षेत्रको मुहानबाट बग्ने कोशी नदीमा १२ वर्षमा लाग्ने ठुलो मेला कुम्भ मेला बाल सन्तले शुरुवात गरेका थिए । नगरपालीकाको पश्चिमतर्फबाट बग्ने कोशी नदीलाई सदुपयोग गर्न सकेमा स्थानीय वा प्रदेशका र देशका मात्र नभएर विश्वभरका पर्यटकलाई भित्र्याउन सक्ने देखिन्छ । सप्तकोशीले सुनसरीको क्षेत्र नम्बर ४ को मात्र नभएर, तीब्रत्तर गतीमा प्रदेश नम्बर १ को नै आर्थिक स्तर सुधार्न मद्दत गर्ने देखिन्छ । यस्तो सम्पती देखिएपनि जिम्मेवार सरोकारवालाहरुले उक्त कुरामा ध्यान दिन सकेका छैनन् । जसका कारण कतिपय स्थानीय आफ्नो दैनिकी चलाउन पर्ने आर्थिक उपार्जनका लागि विदेशीन बाध्य छन् ।