आर्थिक

ग्लोबल आइएमई बैंक अब शैक्षिक परामर्श संघको आधिकारिक बैंक 

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघको सोमबार आफ्नो १३ औँ बार्षिक साधारण सभामाग्लोबल आइएमई बैंकलाई आधिकारिक बैंक छनोट गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्भौता पत्रमा नेपाल शैक्षिक परामर्श संघका अध्यक्ष विष्णुहरि पाण्डे र ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालज्यूले हस्ताक्षर गरेका हुन् ।

नेपाल शैक्षिक परामर्श संघ  नेपालको सबै भन्दा ठुलो गुणस्तरिय वैदेशिक शैक्षिक परामर्श प्रदान गर्ने संस्थाहरुको छाता संगठन हो । यस सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नेपाल शैक्षिक परामर्श संघसंग आबद्ध कन्सल्टेन्सिहरुको सिफारिसमा विदेशमा उच्च शिक्षा अध्ययनका लागि विद्मार्थीहरुलाई सरल र सुलभ तरिकाले बढीमा ३ कार्य दिन भित्र बैंकले शैक्षिक कर्जा सम्बन्धी निर्णय गर्नेछ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १३३ शाखा, १४२ एटिएम,७ एक्सटेन्सन काउण्टर, १५ राजश्व संकलन काउण्टर, ११७ शाखा रहित बैंकिङ्ग सेवा र देश बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय माफर्त आफ्ना ९ लाख ५० हजार भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइ रहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा,इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्ट्रेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरे र ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आई रहेको छ । त्यसैगरी बैंकले मलेसिया,दक्षिण कोरिया,कतार,युएई,बहराइन, जोर्डन,अष्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइ रहेको छ ।