पर्यटन/संस्कृति

पर्यटनमन्त्री भारतमा, हवाई मार्गबारे कुराकानी हुने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी भारतको मुम्बईमा आयोजना हुने ‘ग्लोवल एभिएसन समिट–२०१९’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन् ।

जनवरी १५ देखि १६ सम्म आयोजना हुने उक्त समिटमा सहभागी हुन मन्त्री अधिकारी सोमबार साँझ भारत जानुभएको उनको निजी सचिवालयले जनाएको छ । मन्त्री अधिकारीसहित पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम र निर्देशक दीपक बराल पनि भारत जाएका छन् । भारत भ्रमणमा रहँदा मन्त्री अधिकारीले भारतीय अधिकारीसँगको साइडलाइन वार्तामा हवाईमार्ग प्रवेशविन्दु ‘एयर रुट’ सम्बन्धमा पनि कुराकानी गर्नुहुने मन्त्रालय स्रोतले जनाएको छ ।

यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)र भारतीय विमानन प्राधिकरणबीच नेपाललाई थप हवाई रुट दिने सम्झौता भएको थियो । उक्त सम्झौताबमोजिम लामो समय बितिसक्दा पनि भारतले हवाई रुट दिन चासो देखाएको छैन । गत असार २ गते भएको सहमतिअनुसार भारतले नेपाललाई थप तीन हवाई रुट दिने सहमति भएको थियो ।

सहमतिअनुसार नेपालले पूर्वमा विराटनगर र जनकपुरबाट प्रवेशविन्दुका लागि काठमाडौँदेखि विराटनगर तथा जनकपुरबीचको हवाई रुटलाई दुईतर्फी बनाउने र दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कनका आधारमा उक्त रुटहरुबाट वायुयान नेपाल प्रवेश गर्न सक्ने उल्लेख गरिएको थियो । यस्तै पश्चिमतर्फ महेन्द्रनगर हुँदै कम उचाइमा उडान गर्ने वायुयानका लागि वर्तमान काठमाडौँ–महेन्द्रनगर–दिल्ली हवाई रुटलाई दुईतर्फी बनाउन दुवै पक्ष बसी सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको आधारमा लागू गर्ने छ ।

यस्तै पूर्वतर्फ काठमाडौँ–जनकपुर–पटनाबीचको एकतर्फी रुटलाई दुईतर्फी बनाउन दुवै पक्षबाट सोको उडान सुरक्षा मूल्याङ्कन गरी सोको अधारमा लागू गर्ने सहमति भएको थियो । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन ९आइकाओ० को प्रारम्भिक प्रतिवेदनअनुसार सन् २०१८ मा विश्वभर ४।३ अर्ब यात्रुले हवाई यात्रा गरेका छन् । यसबाट अघिल्लो वर्षको तुलनामा हवाईयात्रुको सङ्ख्यामा ६।१ प्रतिशतले वृद्धि भएको देखिन्छ ।

एशिया प्रशान्त क्षेत्रमा हवाई यात्रुको सङ्ख्यामा ७।३ प्रतिशतले वृद्धि भएको देखिन्छ भने यो क्षेत्र संसारकै आन्तरिक हवाई यात्रुको सङ्ख्याको ४२ प्रतिशत हिस्सा ओगटी सर्वाधिक ठूलो आन्तरिक बजारको रुपमा विकसित भएको छ । भूपरिवेष्टित मुलुक भएकाले नेपालमा आउने सम्पूर्ण पर्यटक सङ्ख्याको ८० प्रतिशतभन्दा बढी पर्यटक हवाईमार्गबाटै आउने गरेका छन् । सन् १९४९ मा पहिलोपटक नेपालमा विमान अवतरण भएपश्चात् नेपालको उड्डयनको इतिहास प्रारम्भ भएको पाइन्छ । त्यसपछि नेपाल बाहिरी संसारसँग प्रत्यक्ष रुपमा जोडिन थाल्यो ।

सन् १९७८ मा पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको गठन भएपछि नागरिक उड्डयन विभागले यस मन्त्रालयअन्तर्गत सेवा दिँदै गर्दा पहिलो नागरिक उड्डयन नीति १९९३ र नागरिक उड्डयन ऐन १९९६ जारी भयो । तत्पश्चात् मूलुकमा एक स्वतन्त्र नियमक निकायको रुपमा नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को सन् १९९८ मा स्थापना भयो ।