समाचार

सेतो मछिन्द्रनाथको महास्नान सम्पन्न

काठमाडौँ । काठमाडौँको केलटोलस्थित जन बहाः भनिने कनकचैत्य महाविहारमा अवस्थित आर्यावलोकितेश्वर ९सेतो मछिन्द्रनाथ० को महास्नान सोमबार बेलुका विधिपूर्वक सम्पन्न गरियो ।

महाविहारमा रहेको विशेष मण्डपमा विशुद्ध पानीको घडाबाट सेतो मछिन्द्रनाथको बज्राचार्य गुरुहरुबाट स्नान गराउने काम भएको थियो । यस कर्मलाई स्थानीय भाषामा ‘न्हवं’ वा ‘धलिँ लुइगु’ भनिन्छ ।

हरेक वर्ष पोहेलाथ्व अष्टमीका दिन महास्नान गराइन्छ । अष्टरत्न बज्राचार्यले धार्मिक विधिपूर्वक पुजा सम्पन्न गरेका थिए । मछिन्द्रनाथका पुजारीहरुले तीन पटक चिसो तथा एक पटक तातो पानीले स्नान गराउँदा पयँता धून र नायखिं बाजा बजाइएको थियो ।

सेतो मछिन्द्रनाथको मन्दिर राजा यक्ष मल्लको शासन कालमा निर्माण भएको मानिन्छ । महास्नान हेर्न महाविहार परिसर ठूलो सङ्ख्यामा भक्तजनको भीड लागेको थियो ।