प्रदेश 1

१३ वर्षीया बालिका हत्यारालाई जन्मकैद फैसला

धरान । धरान उपमहानगरपालिका–१६ की १३ वर्षीया बालिका अनुषा राईका हत्यारालाई जन्मकैद फैसला गरिएको छ । जबर्जस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा उनका धर्मपिता बलिमान राई तथा राईकी श्रीमती पदमकुमारी राईलाई जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको हो ।

मुलुकी ऐन ज्यानसम्बन्धी महलअनुसार दुवै जनालाई जन्मकैदको फैसला गरिएको जिल्ला अदालतका प्रवक्ता गोपाल गिरीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको एकल इजलासले राई दम्पतीलाई जन्मकैदको फैसला सुनाएको हो । अदालतले २२ महीनापछि उक्त मुद्दाको अन्तिम फैसला गरेको हो । अनुषाको २०७३ फागुन १६ गते हत्या गरिएको थियो । बलिमानले अनुषालाई धर्मपुत्रीका रूपमा पालनपोषण गर्दै आएका थिए ।