सामाजिक सञ्जाल

अरबौंका भ्रष्टाचारी, बलात्कारी/हत्याराको रौं झार्न नसक्ने ओली सरकारले ठूला गफ गर्न सुहाएनः डा भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टाईले ओली सरकारले ठूला गफल गर्नुको तुक नभएको विचार ब्यक्त गरेका छन् । पूर्ब प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले सामाजिक संजाल ट्टवीटरमा ट्टवीट गर्दै नेकपा नेतृत्वको दुईतिहाई मतको सरकारलाई ब्यंग्य गर्दै अरबौंको भ्रष्टाचार गर्नेहरू, दिनदहाडै बलात्कार– हत्या गर्नेहरू, अफिसमै सचिव कुट्नेहरूका रौं झार्न नसकेपनि ठूला कुरा गर्न भने नछाडेकोमा चिन्ता ब्यक्त गरेका छन् । मोटरसाईकलमा यात्रुहरु ओसार्नेलाई ट्राफिक प्रहरीले समातेर महान कार्य नगरेको तर्क प्रश्तुत गर्दै ‘फुर्सदको वेला दुइपांग्रे चलाएर कलेजको फिसको जोहो गर्ने र न्यून आय भएका यात्रुलाई राहत दिने स्वरोजगार युवाहरूलाई समातेर के पौरख देखाएको हो ?’ डा. भट्टराईले  प्रश्न गरेका छन् । उनले उद्यमशीलता रोक्ने कानून फेर्न सल्लाह समेत दिएका छन् ।

उनको स्टाटस जस्ताको तस्तैः अरबौंको भ्रष्टाचार गर्नेहरू, दिनदहाडै बलात्कार–हत्या गर्नेहरू, अफिसमै सचिव कुट्नेहरूका रौं झार्न नसक्ने तर फुर्सदको वेला दुइपांग्रे चलाएर कलेजको फिसको जोहो गर्ने र न्यून आय भएका यात्रुलाई राहत दिने स्वरोजगार युवाहरूलाई समातेर के पौरख देखाएको हो ? उद्यमशीलता रोक्ने कानून पो फेर्ने त !