राजनीति

ओली सरकारले काँग्रेसमाथीको प्रहार नरोके सत्तामा बसिरहने नैतिकता गुमायोः डा. कोईराला

काठमाण्डौ । नेपाली काँग्रेसका प्रभाबशाली केन्द्रीय सदस्य डा. शेखर कोईरालाले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार दुईतिहाईको दम्भमा देखाउन उद्यत रहेको बताएका छन् । गिरिजा प्रसाद कोईराला र शुसील कोईरालाा नाममा खोलिन लागेका अस्पताललाई ओल सरकारले नाम पवर्तन गर्न लागेपछि आक्रोशीत हुंदै डा. कोईरालाले युग पुरुष गिरिजा प्रसाद कोईराला र शुसील कोईरालदाको नामको संस्था बिघटन गर्न लागेको हो भने ओली सरकारले सत्तामा बसिरहनु पर्ने नैतिकता हुन्न भन्ने विचार ब्यक्त गरेका छन् । देश दौडाहामा ब्यस्त रहेका डा. कोईरालाले अब निर्णय नस्च्याए ओली सरकारले ठूलै मूल्य चुकाउनुपर्ने चेतावनी फेसबुक स्टाटसमार्फत दिएका छन् ।
“दुईतिहाईको दम्भ र उन्मादमा सर्बसत्ताबादी बर्तमान सरकारले ‘गिरिजाप्रसाद कोइराला स्वाश–प्रस्वास केन्द्र’ र ‘सुशिल कोइराला क्यान्सर अस्पताल’ बिघटनको निर्णय गरेर अत्यन्तै ठुलो गल्ती गरेको छ। नेपाली राजनीतिका युगपुरुष गिरिजाप्रसाद कोइराला र सुशिल कोईरालाको नामको संस्था बिघटन गर्ने यो सरकारलाई अब सत्तामा बसिरहने कुनै नैतिकता छैन। यो कांग्रेसको अस्तित्व माथीको प्रहार हो। यो निर्णय तत्काल नसच्याइए सरकारले अत्यन्तै ठुलो मुल्य चुकाउँनूपर्ने हुन्छ।”