बाग्मती

एक किलोग्राम सुनसहित तीन पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले एक किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको छ । परिसरबाट खटिएको टोलीले काठमाडौँको इन्द्रचोकमा एक किलोग्राम सुनसहित तीन जनालाई पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होवीन्द्र बोगटीले पसलबाट किनेबेच गरिरहेको अवस्थामा सोमबार अपरान्ह ५ः३० बजे तीन जनालाई पक्राउ गरेको जानकारी दिए । पक्राउ परेकाको नाम भने परिसरले गोप्य राखेको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।