राजनीति

काङ्ग्रेसले मात्र नेपाली जनताको उज्वल र नयाँ भविष्य कोर्न सक्छः नेता जोशी

विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री नवीन्द्रराज जोशीले काङ्ग्रेसले नै मुलुकको नयाँ भविष्य कोर्ने बताएका छन् ।

नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता जोशीले इतिहास बोकेको काङ्ग्रेसले नेपाली जनताको सुनिश्चित भविष्य निर्माण गर्ने सोचले काम गरिरहेको बताए । नेता जोशीले नयाँ सङ्घीय संरचनानुसार काङ्ग्रेसले आफूभित्रका कमजोरीलाई सच्याएर नवीनतम् ढङ्गले अघि बढ्नुपर्नेमा जोड ि। उनलेदए महासमिति बैठकबाट पारित भएका र विधानले तय गरेका निर्णयलाई अक्षरश पालना गर्दै काङ्ग्रेसले अबको यात्रामा अघि बढ्नेछ भने ।

निर्मला पन्त हत्या एवम् बलात्कारबारे सत्यतथ्यबाहिर ल्याउन नसक्नु दुःखद भएको टिप्पणी गर्दै जोशीले सरकारका गतिविधि जनताको हित विपरीत देखिएको आरोप लगाए । वाइड बडी विमान खरीदमा देखिएको अनियमितामा जोसुकै भए पनि कार्वाही हुनुपर्ने तर पूर्वाग्रही ढङ्गले कामकारवाही भएमा त्यो मान्य नहुने जोशीको भनाइ थियो ।