आर्थिक

प्राइम कमर्सियलको शाखा संचालन अब बझाङको खप्तडछान्नामा

काठमाण्डौ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा आज प्राइम कमर्सियल बैंकले बझाङको खप्तडछान्ना गाँउपालिकामा शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बंैकको शाखा कार्यालय संख्या ७३ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच खप्तडछान्ना गाँउपालिका अध्यक्ष वर्क बहादुर रोकायाले शाखा कार्यालय खप्तडछान्नाको समुदघाटन गरे

यसै क्रमलाई निरन्तरता दिंदै बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै लगी आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गर्दछ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने छ ।