प्रदेश 2

सिलिण्डर विस्फोटमा दम्पती घाइते

पर्सा । ग्याँस चुहिएर भएको सिलिन्डर विस्फोटमा परी aआज वीरगन्जमा दुई जना गम्भिर घाइते भएका छन् । वीरगन्ज महानगरपालिका–११ श्रीपुरमा भएको दुर्घटनामा परि जगरनाथ महतो धानुक र उनकी श्रीमति सुनिता गम्भिर घाइते भएको प्रहरी उपरिक्षक रेवती ढकालले जानकारी दिए ।

घाइते दुवै जनालाई उपचारका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा भर्ना गराएपनि स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि काठमाण्डौ लगिएको उनले जानकारी दिए । सो विस्फोटमा कोठामा रहेका समान समेत जलेर नष्ठ भएका छन् ।