बाग्मती

कच्चापदार्थ सहित अवैध मदिरा नष्ट

मेलम्ची । इलाका प्रहरी कार्यालय मेलम्चीले आज कच्चापदार्थ सहित अवैध मदिरा नष्ट गरेको छ ।

अवैध रुपमा बेचबिखन गर्न लग्दै गरेको ३२० लिटर घरेलु मदिरा र २०० किलो मर्चा बिभिन्न स्थानबाट बरामद गरी आज जनप्रतिनिधि र स्थानियको उपस्थितिमा नष्ट गरिएको हो । इप्रकाका प्रहरी निरिक्षक महेन्द्र दर्नालले मदिराका कारणले समाजमा बिकृति फैलिएकाले नियन्त्रण अभियान तिब्र पारिने बताए ।