राजनीति

ओली सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न नेता निधिको कार्यकर्तालाई निर्देशन

सुर्खेत । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारका नकारात्मक गतिविधिको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिए ।

काँग्रेस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “केन्द्रले प्रदेशलाई अधिकार हस्तान्तरण गर्न नचाहनु, शान्तिसुरक्षा र विकास निर्माणका काम अस्तव्यस्त हुनुले सरकारको असफलतालाई सङ्केत गर्दछ ।” गाउँ, टोल–टोलसम्म पुगेर जनतासँग संवाद गर्न एवं सम्पर्क बढाउन उहाँले निर्देशन दिए ।

कर्णाली प्रदेशसभा सदस्य यज्ञबहादुर विसीले कम्युनिष्ट पार्टीको सरकारले जनताको चाहना पूरा गर्न नसकेको टिप्पणी गरे ।

नेपाल पे्रस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले सरकारका नकारात्मक गतिविधिलाई निस्तेज पार्न काङ्गे्रस एकजुट हुनुको विकल्प नभएको विचार व्यक्त गरे ।

कार्यक्रममा पूर्वस्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याल, जिल्ला कोषाध्यक्ष अनन्त पौडेल, क्षेत्रीय सभापति खड्क पोखरेल, नारायण कोइराला, लालवीर भण्डारी र ट्रेड युनियन काङ्गे्रसका अध्यक्ष गोपाल गिरिले पनि मुलुकको समसामयिक अवस्थावारे प्रकाश पारे ।