खेलकुद

अन्तराष्ट्रिय ब्याडमिन्टन बिजेता प्रिन्सको बिजय यात्रा जारी

काठमाण्डौ । दुवई अन्तराष्ट्रिय जुयिनर ब्याडमिन्टनका बिजेता तथा भर्खरै बिराटनगरमा सम्पन्न राष्ट्रपति जुनियर अन्तराष्ट्रिय ब्याडमिन्टनका दुई बिधाका बिजेता प्रिन्स दाहालले प्रथम अन्तराष्ट्रिय आमन्त्रण खुल्ला ब्याडमिन्टन प्रतियोगिता २०७५ मा बिजयी सुरुवात गर्न सफल भएका छन् ।

काठमाण्डौका प्रतिनिधित्व गरेका प्रिन्सले पुरुष एकलको खेलमा आयोजक दूर्गादेवी दुलाल सुन्दरहरंैचा स्पोर्टस् ग्रामका मुना हाङ्ग राईलाई २१ । ४, २१ । ४ को समान अन्तरले पराजित गर्दै दोश्रो चरण्मा स्थान बनाए ।

दुर्गादेवी दुलाल सुन्दरहरंैचा स्पोर्टस् ग्रामद्वारा आयोजना गरिएको प्रतियोगिताको पुरुष एकल तर्फ नै पुलिसका बिष्णु कटुवाल र जीवन आचार्य, सेनाका प्रफुल महर्जन, रुकेश महर्जन, पविन लिनथेप र दिवश शंकर, एपिएफका बिजित थापा मगर, गौतम कठायत, सुमल लिम्बु, सुनिल जोशीले आआफ्ना प्रतिद्वन्दिलाई पाखा लगाउँदै दोश्रो चरणमा स्थान बनाएका छन् । बिष्णुले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका अजय चौधरीलाई २१ । ५, २१ । ८ ले पराजित गरे । यस्तै पुलिसकै जीवनले बिर्तामोडका बिवेक कदङ्गवालाई २१ । ५, २१ । ७ ले पाखा लगाए । जित निकाल्ने क्रमममा सेनामा प्रफुलले ते¥हथुमा क्षितिज केसीलाई २१ । ९, २१ । १४, रुकेशले विर्तामोडका नविन सिलवाललाई २५ । २३, २१ । १०, पविन लिनथेपले पाँचथरका सन्देश जवेगुबाट वाक ओभर र दिवश शंकरले सूर्खेतका नरेन्द्र बमलाई २१ । १०, १८ । २१, २१ । १३ ले पराजित गरे । एपिएफका बिजित थापा मगरले मोरङ्गका दिपेन राईलाई २१ । ६, २१ । ११, गौतम कठायतले जेष्ट ब्याडमिन्टन एकेडेमीका अनिष खतिवडालाई २१ । १०, २१ । १० को समान अन्तरले, सुमल लिम्बुले झुम्काका गोपाल सुब्बालाई २१ । ८, २१ , ११ र सुनिलले भद्रपुरका सम्प्रास लिम्बुलाई २१ । ३, २१ । ११ ले पाखा लगाए ।

पुरुष एकल, युगल, मिक्स र भेट्रान्स युगल गरि चार विधामा आयोजना गरिएको प्रतियोगिताको पहिलो दिन आईतबार जित निकाल्ने क्रममा जेष्ट ब्याडमिन्टन एकेडेमिका प्रियान्सु क्षेत्रीले वेष्ट बंगालका जयदीप शाहलाई २१ । १९, २१ । १७, वेष्ट बंगालका निहाल दर्नालले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुनाम श्रेष्ठलाई २१ । १३, २१ । १३, वेष्ट बंगालका प्रियान्सु सिंहले कोठारीका डबल बहादुर गुरुङ्गलाई २१ । १५, १३ । २१, २१ । १६ तथा बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका प्रनिश सिंह ठकुरीले ईटहरीका भोज बहादुर गुरुङ्गलाई २१ । ११, २१ । १० ले पराजित गर्दै दोश्रो चरणको दावेदारी प्रस्तुत गरे ।

चार विधामा खेलाईको प्रतियोगितामा नेपाल र भारतका गरि पुरुष एकलमा ३२, पुरुष युगलमा २९, मिक्स युगलमा ९ र भेट्रान्स युगलमा १६ जोडीले प्रतिस्र्धा गरिरहेका छन् ।

पूर्वाञ्चलका खेल प्रेमी, समाज सेवी भोलेश्वर दुलालले आफ्नी आमा दुर्गादेवी दुलालको नाममा सलकपुर, सुन्दरहरैंचा—८ मा आफ्नै जमिनमा निजी खर्चमा ब्याडमिन्टन कोर्ट निर्माण गर्नुका साथै स्पोर्टस् ग्राम बनाई खेलकुद बिकास र विस्तारमा आफुलाई यस क्षेत्रको अगुवाको रुपमा प्रस्तुत गर्नु भएको छ ।

प्रतियोतिाको सुन्दरहरैंचा नगरपालिकाका मेयर शिव प्रसाद ढकालले पानसमा द्विप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।