आर्थिक

माछापुच्छ्रे बैंकको दार्चुलामा २ नयाँ शाखाको शुभारम्भ

काठमाण्डौ । माछापुच्छ्रे बैंकले दार्चुलास्थित अपि हिमाल र ब्याँस शाखाकार्यालयहरु सञ्चालमा ल्याएको छ ।
बैंकले आईतबार दार्चुलाको अपिहिमाल गाँउपालिका स्थित अपि हिमाल शाखा कार्यालय र ब्याँस गाँउपालिका स्थित ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ ।
यस अघि यी स्थानीय निकायहरुमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति रहेको थिएन । अपि हिमाल शाखा कार्यालय र ब्याँस शाखा कार्यालयको औपचारिक सुरुवातपछि अपिहिमालगाँउपालिका र ब्याँस गाँउपालिकामाउपस्थिति जनाउनेपहिलो बैंक बन्न सफल भएको छ । नयाँ शाखाहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।
बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ९० वटा शाखाहरु, २ एक्सटेन्सन काउण्टर लगायत ५२ शाखा रहित बैकिङ्ग सेवा गरी जम्मा १४४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर १११ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।