आर्थिक

एनआईसी एशिया बैंक शाखा रहित बैंकिङ्ग सेवा उदयपुरको देउरीमा

काठमाडौँ । शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखा रहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइ रहेकोे यस एनआईसी एशिया बैंकले उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. ५ देउरीमा आफ्नो २३ औं शाखा रहित बैंकिङ्ग सेवा पौष २८ गते बाट संचालन माल्याएको छ ।

उक्त शाखा रहित बैंकिङ्ग सेवाको समुद्घाटन त्रियुगा नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष उद्धब थापाले गरे । उक्त शाखा रहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा हरि श्रेष्ठलाई बैंकद्वारा नियुक्त गरिएको छ ।

शाखा रहित बैंकिङ्ग सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानीय बासिन्दाले आफ्नो गाउँमै स्थानीय प्रतिनिधिमार्फत बैंकिङ्ग सेवा लिन सक्नु हुनेछ । साथै सो सेवाबाट बैंकिङ्ग कारोबारको लागि स्थानीय बासिन्दाहरुलाई लामो दुरीसम्म हिड्नु पर्ने बाध्यताको अन्त्य गरी ग्रामीण र दुर्गम क्षेत्रहरुमा बैंकिङ्ग कारोबारको विकास हुने विश्वास बैंकले लिएको छ ।

यस्तो सेवाबाट स्थानीय बासिन्दाहरुले विभिन्न निक्षेप खाता खोल्ने, तोकिएको सीमासम्मको रकम जम्मा गर्ने तथा झिक्ने, मोवाईल रिचार्ज गर्ने, उपयोगी सेवा (जस्तैः टेलिफोन, मोबाईल, एडिएसएल, डिस होम) को महसुल भुक्तानी गर्ने, स्वीकृत सिमा भित्र रहि कर्जा कारोबार गर्ने, कर्जाको साँवा तथा व्याज भुक्तानी गर्न सक्ने, खातामा रहेको रकमको जानकारी र संक्षिप्त बैंक स्टेटमेन्ट प्राप्त गर्न सक्नेछन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबै भन्दा ठूलो बैंक तथा कुलकर्जा करिब रू. १४७ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइ सकेको छ ।

हाल यस बैंकमा ग्राहकको संख्या करिब १४ लाखरहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थपशाखा ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवालगायतका मार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजन अगाडि सारेको छ ।