लुम्बिनी

सुविधायुक्त सभाकक्ष निर्माण

दाङ । तुलसीपुर उद्योग वाणिज्य सङ्घले तुलसीपुरमा सुविधायुक्त सभाकक्ष निर्माणको काम शुरु गरेको छ ।

समाजसेवी तथा व्यवसायी यज्ञबहादुर केसीले सभाकक्ष निर्माणका लागि तुलसीपुर उपमहानगरपालिका–९ दोघरेमा पाँच कठ्ठा जग्गा सङ्घलाई निःशुल्क प्रदान गरेपछि अहिले सो जमीनमा सभाकक्ष निर्माणको काम शुरु गरिएको निर्माण समितिका संयोजक तथा सङ्घका निर्वतमान अध्यक्ष बिमल रिजालले जानकारी दिए ।

महापुराण लगाएर रु दुई करोड रकम जम्मा गरेर अन्य मेला, महोत्सव तथा समाजका विभिन्न क्षेत्रबाट रु एक करोड रकम गरी जम्मा रु तीन करोडमा अहिले काम शुरु गरिएको हो । सभाकक्ष सुविधायुक्त पर्किङसहितको ८०० जनाको क्षमता भएको निर्माण गरिन लागेको सङ्घका अध्यक्ष वीरबहादुर रावतले जानकारी दिए ।