अन्तर्राष्ट्रिय

अमेरिकी राष्ट्रपतीय निर्वाचन : ट्रम्पलाई टक्कर दिँदै हिन्दू महिला

एजेन्सी । अमेरिकामा आगामी वर्ष हुने राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारको छनोट हुन थालेको छ।

प्रतिपक्ष डेमोक्रेटिक पार्टीबाट नेता जुलियन कास्त्रोले आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। त्यस्तै नेतृ तुल्सी गावार्डले यही साता उम्मेदवारी घोषणा गर्ने जनाएकी छन्। यद्यपि, पार्टीको आन्तरिक निर्वाचनपछि राष्ट्रपतिको उम्मेदवार तय हुनेछ। पार्टीले कास्त्रोलाई उम्मेद्वार बनाए उनी राष्ट्रपतिका लागि पहिलो ल्याटिन अमेरिकी मुलका नागरिक बन्नेछन् भने गाबार्ड छनोट भए पहिलो हिन्दु उम्मेदवार हुने छिन्।

सन् १९८१ मा अमेरिकाको समोआमा जन्मेकी ३७ वर्षीया गवार्ड अमेरिकी हवाइ सेनामा नेशनल गार्डको रुपमा रही इराक युद्धमा समेत सामेल भएकी थिइन् भने २०१५ मा अमेरिकी सेनाको मेजर समेत रहेकी थिइन्।

आन्तरिक निर्वाचनमा जित हात पार्ने दुईमध्ये एकले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई चुनौती दिनेछन्। रिपब्लिकनबाट ट्रम्प एकल उम्मेद्वार छन्। अमेरिकामा पहिलो कार्यकाल चलाइसकेका राष्ट्रपति नै उनको दलको तर्फबाट दोस्रो कार्यकालका लागि उम्मेदवार हुने प्रचलन छ।