खेलकुद

खप्तड गोल्डकप: मेची नेत्रालय काक्करभिट्टा सेमिफाईनलमा प्रवेश

धनगढी । मेची नेत्रालय काक्करभीट्टा फुटबल ट्रेनिङ सेन्टर तेस्रो सुदूरपश्चिम खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

शनिबार धनगढी रंगशालामा भएको पहिलो क्वाटरफाइनल खेलमा काक्करभीट्टाले एपीएफलाई २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनायो। खेलको नवौं मिनेटमा युवराज खड्काले एपीएफलाई अग्रता दिलाए। ४१ औं मिनेटमा काक्करभीट्टका विश्वास श्रेष्ठले गोल गर्दै खेल बराबरीमा पुगाए।

खेलको तीन मिनेट समय बाँकी रहँदा काक्करभीट्टाले अग्रता लियो। कर्नरमा आएको बल रिबाउन्ड भएपछि विकास राईले ६ यार्ड बक्स नजिकबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। उत्कृष्ट प्रदर्शन गरेका काक्करभीट्टाका विश्वास श्रेष्ठ म्यान अफ द म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गर। जितसँगै काक्करभीट्टा खप्तड गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

फाइनल प्रवेशका निम्ति टोलीले रुस्लान थ्री स्टार र च्यासलको खेलको विजेतासँग खेल्नेछ। मोफसलकै सर्वाधिक धनराशी पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेताले १० लाख प्राप्त गर्दा विधागत उत्कृष्टतर्फ जनही १५ हजार रुपैयाँ प्रदान गरिनेछ। प्रतियोगिता अन्तर्गत आइतबारको खेल मनाङ मर्स्याङदी विरुद्ध नेपाल पुलिस क्लबले खेल्ने छ।