गण्डकी प्रदेश

अधिकारीको अध्यक्षतामा प्रेस युनियन

पर्वत । नेपाल प्रेस युनियन पर्वत शाखाको पाँचौँ अधिवेशनले माया अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

कूल खसेका ६० मतमध्ये मायाको पक्षमा ३० मत परेको थियो भने उनका निकटतम प्रतिद्वन्दी उत्तम अधिकारीले पनि ३० मतनै प्राप्त गरेका थिए । अध्यक्षका दुवै उम्मेदवारको मत बराबर परेपछि गरिएको गोलाप्रथाका क्रममा माया पहिलो दुई वर्षे कार्यकालका लागि अध्यक्ष बनेका छन् । भने पछिल्लो दुई वर्ष उत्तमले जिम्मेवारी लिने प्रेस युनियन पर्वतले जनाएको छ । प्रेस युनियन जिल्ला शाखाको कार्यावधि चार वर्षे हुनेछ ।

त्यसैगरी कार्यसमितिको खुला उपाध्यक्षमा रोशन तिवारी, समावेशी उपाध्यक्षमा ठाकुर रसाइली, सचिवमा साजन परियार, कोषाध्यक्षमा रामकृष्ण लामिछाने र सहसचिवमा सङ्गीता क्षेत्री चयन भएका छन् । सदस्यमा देवराज पुरी, विष्णुप्रसाद तिवारी, कामना रेग्मी, मीना पराजुली, मुना शर्मा लामिछाने रहेका छन् ।
केन्द्रीय पार्षद्मा छविलाल तिवारी, इन्द्रकुमार विकल्प, गणेशबहादुर क्षेत्री, गोविन्द अधिकारी, रामप्रसाद शर्मा, हरिनारायण रेग्मी, ओमप्रसाद घायल, विश्वप्रकाश प्रसाइँ, सरस्वती शर्मा जिज्ञासु, मुना भुसाल, इन्दीरादेवी शर्मा र विष्णु गौतम चयन भएका अध्यक्ष मायाले जानकारी दिए ।