साहित्य

साहित्यकार विनोदीलाई नागरिक अभिनन्दन

नवलपरासी । वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीलाई शनिवार पूर्वी नवलपरासीको गैँडाकोटका बासिन्दाले शनिबार नागरिक अभिनन्दन गरेका छन् ।

पूर्वी नवलपरासीको गैँडाकोटमा जन्मेर नेपाली साहित्यमा पु¥याउनुभएको योगदानको उच्च मूल्याङ्कन गर्दै गैँडाकोटका नागरिकका तर्फबाट भव्य अभिनन्नदन गरिएको हो । विनोदीको घरबाट शोभायात्रा निकाली गैँडाकोटका विभिन्न क्षेत्रमा परिक्रमा गराई नागरिक अभिनन्दन गरिएको ज्येष्ठ नागरिक प्रतिष्ठानका अध्यक्ष नारायणप्रसाद तिवारीले बताए ।

विनोदीले ‘मेरो वर्तमान निर्मम घडीहरु’, ‘आखाँको नानी’, ‘छन्दविनोद, अभिश्रान्त’, ‘हिमस्पर्श’, ‘सृष्टि माथिको दृष्टि’, ‘अनुपमा धर्ती’, ‘नानीका गीत’, ‘वनभोज’, ‘शुर्पणखा’, ‘कैकयी’ जस्ता काव्यहरु लेखेका छन् । नेपाली भाषा साहित्यको क्षेत्रमा पु¥याउनुभएको योगदानको मूल्याकङ्न गर्दै नागरिक अभिन्नदन गरिएको साहित्यकार गोविन्दराज कोइरालाले बताए ।

गैँडाकोटमा आयोजित कार्यक्रममा प्राज्ञ वासुदेव त्रिपाठीले विनोदीलाई नागरिक अभिनन्दन गर्नुभएको थियो । कार्यक्रममा प्राज्ञ त्रिपाठीले कवि विनोदीले साहित्य क्षेत्रमा पु¥याउनुभएको योगदानको प्रशंसा गर्दै यस्ता सर्जकले देशमा सािहत्यको विकासमा ठूलो महत्व राख्ने बताए ।

कार्यक्रममा गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले गैँडाकोटमा जन्मेर नेपालको साहित्यको क्षेत्रमा कवि विनोदीले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै यस्ता स्रष्टाका सर्जकलाई राज्यले पनि सम्मान गर्नुपर्ने विचार व्यक्त गरे ।