पत्रपत्रिका

नेपाली डाक्टर भारतमा पाँच महिनादेखि तलबविहीन

काठमाडौं । भारतका सरकारी संस्थानमा चिकित्साशास्त्रमा एमडी/एमएस, डीएम/एमसीएच गर्ने रेजिडेन्ट नेपाली चिकित्सकले सेप्टेम्बेरदेखि पाउनुपर्ने स्टाइपेन्ड (मासिक तलबभत्ता) पाएका छैनन्।

स्टाइपेन्ड नपाउँदा करिब १५६ जना नेपाली चिकित्सक बिचल्लीमा परेका छन्। लामो कानुनी लडाइँपछि भारतको केन्द्र सरकारले विदेशी विद्यार्थीलाई भारतीय सरह स्टाइपेन्ड दिने निर्णय गरेको थियो। भारतमा चिकित्साशास्त्र उच्च शिक्षाअन्तर्गत विदेशी कोटामा पढ्नेमा अधिकांश नेपाली विद्यार्थी हुने गरेको समाचार कान्तिपुर दैनिकमा छ।

उनीहरुले प्रतिमहिना पाउनुपर्ने करिब ८० हजारदेखि एक लाखसम्म भारु नपाएको बताएका छन्। अविलम्ब स्टाइपेन्ड रकम सुचारु गरिदिन नेपाल र भारतका स्वास्थ्य र विदेशमन्त्रीसँग् आग्रहसमेत गरेका छन्।