अन्तर्राष्ट्रिय

पेरिसमा विष्फोट हुँदा कम्तिमा १२ जना घाइते

पेरिस, फ्रान्स । पेरिसको मध्य क्षेत्रमा अवस्थित एक वेकरी पसलमा ग्यास चुहावटका कारण शनिबार शक्तिशाली विस्फोट भएको छ । घटनामा कम्तिमा १२ जना घाइते भएका उद्धारमा सहभागी अधिकारीहरूले जनाएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

“घटनामा तीन अग्नि नियन्त्रकसहित १२ जना गम्भीर घाइते भएका छन् भने २४ जनालाई सामान्य चोट लागेको छ,” अग्नी नियन्त्रण कार्यालय पेरिसका कमान्डर इरिक मौउलिनले समाचार सङ्कलनका लागि घटनास्थल पुगेका सञ्चारकर्मीलाई बताए ।

“घाइतेमध्ये दुई अग्नी नियन्त्रक अधिकारी र तीन सर्वसाधारणलाई विस्फोटबाट गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था निकै कमजोर अवस्थामा रहेको छ,” उनले बताए ।