पत्रपत्रिका

चितुवाको आक्रमणबाट २३ को मृत्यु

काठमाडौं ।सात वर्षअघि बैतडीको तल्लो स्वराड क्षेत्रमा चितुवा आतंक शुरु भयो । चितुवाले मानववस्तीमा पसेर आक्रमण गर्न थालेपछि स्थानीय एक्लै हिँडडुल गर्न डराउन थाले । त्यसबेला चितुवाले विशालपुर र शर्मालीमा  दुई जनाको ज्यान लियो ।

मानव चितुवा द्वन्द्वकै कारण त्यस क्षेत्रमा २३ जनाको ज्यान गुमिसकेको छ । भने १२ जना घाइते भएका छन् । एक वर्षयता चितुवा आक्रमणबाट कसैले ज्यान नगुमाए पनि दुई जना घाइते भएका छन् ।

चितुवाको आक्रमणमा परेर ज्यान गुमाउनेमा अघिकांश बालबालिका छन् । प्रहरीको तथ्यांकअनुसार हालसम्म मारिएका २३ मध्ये १६ जना बालबालिका छन् । चितुवा आंतक रोक्न प्रशासन, वन डिभिजन कार्यालय र जिल्ला प्रहरी कार्यालयले निरन्तर निगरानी गर्दै आएका छन् । स्थानीय आफ्ले प्रयास नगरेका पनि होइनन् ।

तर चितुवाको आक्रमण भने आझै रोकिन सकेको छैन् । यसबीचमा बर्सेनि चितुवा मारिने क्रम पनि बढ्न थालेको छ । समाचार नागरिक दैनिकमा प्रकाशित छ ।