खेलकुद

सरकारले खेलाडीलाई प्रोत्साहन गर्छ: मन्त्री पण्डित

विराटनगर । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले राष्ट्रको नाम अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने खेलाडीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् । ।

मोरङको बुढीगङ्गा गाउँपालिका– ३ बाँसबारीमा शुक्रवारदेखि शुरु भएको अन्तर्राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकूद परिषद्अन्तर्गत कार्यालयका प्रशासनिक तहमा कर्मचारीलाई उचित स्थानमा पदस्थापन गरी खेल खेलेर राष्ट्रका लागि योगदान दिने खेलाडीको मनोबल उठाउन वर्तमान सरकारले आगामी दिनमा कार्य गर्ने जानकारी दिए ।

उनले तीन तहकै सरकारको सहयोगमा प्रदेशको खेलकूद क्षेत्रको विकास गरी दक्ष खेलाडी उत्पादन गर्न खेलकूद क्षेत्रका पूर्वाधारको निर्माण कार्य चाँडै शुरु गरिने विश्वास दिलाए ।