राजनीति

माघको जाडो पनि नभनी सातै प्रदेशमा ओली सरकार बिरुद्ध प्रदर्शनमा उर्लियो तरुण दल

काठमाण्डौ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल तरुण दल नेकपा अध्यक्ष केपी शर्मा ओलीको नेपाली जनताका कदम बिरुद्धमा कडा रुपमा प्रश्तुत हुने भएको छ । दलका महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी गरिएको विज्ञप्तीका अनुसार माघ ८ देखी माघ १४ सम्म सातै प्रदेशमा ओली कम्युनिस्ट  सरकारको अधिनायकवादी चरीत्र, भ्रस्टाचार, महङि, मुल्यबृद्धी, वाइडबडी, निर्मला पन्त लगायतका गैरकानुनी र अलोकतान्त्रिक रबैयाको बिरोधमा सातै प्रदेशको राजधानीमा बिरोध प्रदर्शन कार्यक्रम अन्तर्गत बिरोध र्याली र बिरोध सभा कार्यक्रम गर्ने निर्णय भएको बताएका छन् ।
तरुण दलले जाडो पनि नभनी नेपाली जनता त मुलुकको अहितमा भएको कार्यबिरुद्धमा गर्न लागेको बिरोधको देशभरका काँग्रेस कार्यकर्तामात्र नभएर तीन करोड नेपाली जनताले नै सह्राना गर्ने नेपाली काँग्रेसका एक केन्द्रीय सदस्यले सुर्यखबरलाई बताए ।

तरुण दलले गर्ने भनिएका देश ब्यापी आन्दोलनका कार्यक्रम
माघ ८ गते प्रदेश एकको बिराटनगर
माघ ९ गते प्रदेस दुईको जनकपुर
माघ १० गते प्रदेस तीनको हेटौंडा,
माघ ११ गण्डकी प्रदेशको पोखरा
माघ १२ गते प्रदेस पाँचको भैरहवा
माघ १३ कर्णाली प्रदेशको सुर्खेत
माघ १४ सदुरपश्चिम प्रदेशको धनगढी !!जय नेपाल जय तरुण !!!