राजनीति

वाईडबडीमा भएको भ्रष्टाचार ढाकछोप गर्न ओली सरकारले असंबैधानिक समिति बनायोः नेता सिंह

काठमाण्डौ । नेपाल प्रेस युनियन कैलालीले आज गरेको पत्रकार भेटघाटमा बोल्दै कांग्रेस नेता प्रकाशमान सिँहले सरकार कुरा शुसानको गर्ने काम भने भ्रष्टाचारमा लिप्त रहेको बताएका छन् । वाईडबडीमा भएको भ्रष्टाचार ढाकछोप गर्न ओली सरकारले आत्तिएर असंबैधानिक समिति बनाएको पूर्ब महामन्त्री समेत रहेका नेता सिंहको दाबी छ ।

सबैभन्दा लाजमर्दो बिषय संसदिय समितिले प्रतिबेदन नै नदि आत्तिएर संसदको क्षेत्र अधिकारलाई हस्तक्षेप हुनेगरि रातारात छुट्टै समिति बनाउनुले सरकारको नियत ठिक नभएको भ्रस्टाचारलाई प्रसय दिएको आफैं मिलोमतोमा लागिरहेको होकि भन्ने आसंका जगाएको बताएका छन् ।

यदि सरकारको नियत ठिक थियो भने बिषय बाहिर आउने बितिकै छानबिन गर्न चासो दिन सक्थ्यो भन्दै जब छानबिन समितिले हात हाल्यो रिपोर्ट नै नआउदै हतासमा संसदलाई बाईपास गरेर सरकार अगाडि बढेकाले थुप्रै आशंका जन्माएको बताउदै सरकार सबै क्षेत्रमा असफल भएको बिचार ब्यक्त गरेका छन् ।

शान्तिसुरक्षा कायम गर्न शुसानन दिन बिदेश नीति सबै कुरामा असफल भएको भन्दै सतारुढ दल भित्रको कचिंगलले पनि अब नाम दुइतिहाई काममा अलमलिएको भन्दै आफुहरु संसदमा प्रभावकारी रुपमा प्रस्तुत भएको जिकिर गरेका छन् ।

नेबिसंघको बिषयमा सोधिएको प्रंसगमा समय हुँदै निर्बाचित कमिटीले काम गरोस भन्ने आफ्नो चाहाना थियो अब समय हुदा काम नगर्ने हरु बाट नयाँ आस गर्न नसकिने भन्दै यसको म्याद थप्न नहुने भन्दै नयाँ महाधिवेशन तयारी समिति गठन गरि स्वबियु चुनावी समेत गर्न सक्ने कमिटि बनाउनु पर्ने आफ्नो धारणा रहेको बताएका छन् ।