समाचार

प्रधानसेनापति थापा भारत प्रस्थान

काठमाडौं ।प्रधानसेनापति पूर्णचन्द्र थापा भारतको औपचारिक निमन्त्रणमा भारत प्रस्थान गरेका छन्।

]भारतका स्थल सेनाध्यक्ष विपिन रावतको औपचारिक निमन्त्रणमा थापा आज भारत गएका हुन्। सात सदस्यीय टोली सहित थापा शुक्रबार बिहान ८ बजे  नयाँदिल्ली प्रस्थान गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले जानकारी दिए।

भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट शनिबार भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी प्रदान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

साथै भ्रमणका क्रममा प्रधानसेनापति थापाले भारतका रक्षामन्त्री, समकक्षीसँग र राष्ट्रिय सुरक्षा सल्लाहकारलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ।

भारतमा रहँदा प्रधानसेनापति थापाले भारतीय सेनाको जयपुर र केन्द्रीय कमाण्ड लखनउको अवलोकन गर्नेछन्। प्रधानसेनापति थापा माघ २ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ।