समाचार

नेपालीको आत्म सम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जान्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले पाएको स्वतन्त्र, सार्वभौम राष्ट्रको गौरवशाली नागरिकको आत्मसम्मानको श्रेय पृथ्वीनारायण शाहलाई जाने बताएका छन् ।

२९७औं पृथ्वीजयन्तिका अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले पृथ्वीनारायण शाहको योगदानको कदर गर्नुपर्नेमा जोड दिए । “उहाँको एकीकरण अभियान अत्यन्त समयानुकूल थियो । पृथ्वीनारायणले सुरु नगरेको भए वा सुरु गरिसकेपछि पनि एकीकरण अभियान सफल नभएको भए स्वाधीन, सार्वभौम, आधुनिक राष्ट्रका रुपमा विश्वमान चित्रमा नेपाल उभ्भिनै सक्ने थिएन,”प्रधानमन्त्रीले भने, “राष्ट्र एकीकरणको त्यो महाअभियान सफलन भएको भए त्यसबेला विश्वव्यापी रुपमा छाएको उपनिवेशवादको प्रभावबाट हाम्रो देश जोगिने पनि थिएन ।”

प्रधानमन्त्री ओलीले नेपाली जातिको गौरवशाली इतिहासको अत्यन्त महत्वपूर्ण घटनाक्रमका नायक पृथ्वीनारायणको योगदानको कदर गर्दै उनिप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । “उहाँले नेपालको भौगोलिक एकीकरण गरी भाषिक,जातीय, साँस्कृतिक लगायतका अनेक विविधताका बीच मजबूत एकताको आधार तयार गर्नुभयो,” प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ, “अनेकताबीचको एकताको गौरवमय परम्पराको विजारोपण पृथ्वीनारायणकै अगुवाइमा भएको थियो। आज अनेकता बीचको एकता नेपालको पहिचान बनेको छ ।” संसारकाअधिकांश देश उपनिवेशवादको चंगुलमापरेकाबेलापनिस्वतन्त्रर सार्वभौम राष्ट्रका रुपमा नेपालको उदय गराउने पृथ्वीनारायण शाहको योगदान बिर्सन नसकिने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।

“पृथ्वीनारायण शाहको स्मरणगर्दै गर्दा प्रतिकात्मक रुपमा हामी एकीकरणको अभियानमाआफ्नो अमूल्य जीवन वलिदानगर्ने असंख्य ज्ञात–अज्ञात योद्धाहरुप्रति समेत श्रद्धाञ्जली व्यक्तगरिरहेकाछौं,” प्रधानमन्त्रीले भने, “पूर्खाले रगत, पसिना बगाएर निर्माण गरेको स्वतन्त्र, सार्वभौम र अखण्ड नेपालको राष्ट्रिय अक्षुण्यताप्रति हामी सदैव गौरव गर्दछौं ।”

मुलुकसंघीय लोकतान्त्रिकगणतन्त्रलाई संस्थागतगर्दै समाजवाद तर्फ उन्मुख भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हरेक नागरिककालागि संविधानले नै समान अधिकार, सुरक्षा र सम्मानसहितको समतामूलक समाज सुनिश्चित गरेको बताए । “हामीराज्य सञ्चालनका आधुनिक लोकतान्त्रिक विधिअनुरुपअघि बढिरहेका छौं । आजको युगमाअधिकार सम्पन्न, समृद्ध र सुखी नागरिक नै राष्ट्रिय स्वाभिमानका आधार हुन्,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा लेखिएको छ ।