खेलकुद

खप्तड गोल्डकप: दिल्ली युनाइटेड पराजित, च्यासल क्वाटरफाइनलमा

धनगढी । प्रदेश सातको राजधानी धनगढीमा जारी तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदूरपश्चिम खप्तड गोल्डकपमा ललितपुरको च्यासल युथ क्लबल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बिहीवार धनगढी रंगशालामा भएको खेलमा भएको खेलमा च्यासलले भारतको दिल्ली युनाइटेडलाई ६० को फराकिलो अन्तरले पराजित गर्दै क्वाटरपलाइनलमा प्रवेश गरेको हो ।

खेलको पहिलो हाफमा ३ गोल गरेको च्यासलले दोस्रो हाफमा ३ गोल थप्दै ६ गोल बनाउन सफल भएको हो । च्यासलले अब क्वाटरफाइनलमा ललितपुरकै थ्री स्टार क्लबसँग खेल्ने भएको छ।

यसअघि नै पहिलो चरणमा जित हात पार्दै मेत्री नेत्रालय र नेपाल पुलिस क्लबले अन्तिम आठमा स्थान बनाइसकेका छन्। एपीएफ, मनाङ मर्स्याङ्दी र थ्री स्टार क्लब भने बाई पाएर सिधै क्वाटरफाइनल पुगेका हुन्।

अब पहिलो चरणको अन्तिम खेलमा शुक्रवार गोर्खा ब्वाइज र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ। उक्त खेलको विजेताले क्यामरुनी क्लब डाफिनास टि फेमिलीसँग क्वाटरफाइनल खेल्ने छ।