समाचार

पूर्वराजा शाह भन्छन्- ‘घात र प्रतिघातको कालो बादल मडारिएको छ’

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल सकसपूर्ण र कपटपूर्ण अवस्थाबाट गुज्रिएको बताएका छन्।

उनले नेताहरू आफैँमा अल्मलिएर देशलाई सकसपूर्ण अवस्थामा पुर्‍याएको समेत बताए । केही समययता सक्रिय देखिएका पूर्वराजा ज्ञानेन्द्रले नागरिकका लागि बाद र विचारभन्दा देश ठूलो हुने बताएका छन् ।

‘मातृभूमिको अस्थित्वमा घात र प्रतिघातको कालो बादल मडारिएको छ, एउटा नागरिकका निम्ति देशभन्दा ठुलो अर्को कुनै बाद वा बिचार हुन सक्दैन’ पृथ्वी जयन्तीका अवसरमा शुभकामना दिँदै पूर्वराजाले भनेका छन् ‘नेपाली नेपालीबीच फाटो पैदा गर्ने, दराग्रह बढाउने, सार्वभौमिक सर्वोच्चता, राष्ट्रिय एकता र सामाजिक सद्भावलाई क्षतिपुराउने अनुशासनहिनता र अराजकतालाई प्रोत्सान गर्ने कार्य कुनै बाद वा विचारका आडमा गरिनु हुँदैन भन्ने मेरो मान्यता छ ।

पृथ्वी जयन्तीका अवसरमा पूर्वराजाले दलहरु र वर्तमान अबस्थाप्रति कडा प्रहार गरेका छन् । उनले पृथ्वी नारायण शाहका दिब्यउपदेशहरु यतिबेला सान्दर्भिक बन्दै गएको शुभकामनामा चर्चा समेत गरेका छन् ।