राजनीति

प्वालैप्वाल परेको निगमलाई आफु आएपछि टालेँ: मन्त्री यादव

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले नेपाल आयल निगम र चिनी उद्योगीहरुले आफूलाई धेरै सताएको बताएका छन् ।बिहीबार नेपाल आयल निगमको ४८ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले चिनी उद्योगीहरुसँग आफूले कमिसन लिएको भन्दै हुँदै नभएको आरोपसमेत खेप्नु परेको गुनासो गरे ।

विगतमा सरकार नै नभएजस्तो जतातलै प्वालैप्वाल परेको निगमलाई आफूले मन्त्री भएपछि टालेको दाबी पनि गरे । मन्त्री यादवले निगममा चुहावट नियन्त्रण गर्न आफू सफल भएको उल्लेख गर्दै निगमको समग्र सुधारका लागि नयाँ नेतृत्व नियुक्त गर्नु परेको स्पष्ट पारे ।

मन्त्री यादवले विगतमा मन्त्री, सचिवहरु आफैले निगममाथि लुट मच्याएको आरोप समेत लगाए ।