राजनीति

पौडेल र जोशीको ईगोमा तनहुं काँग्रेसः जोशी भन्छन्, ‘म काँग्रेसबाट निष्काशन भए रामचन्द्र पनि भएका छन्’

काठमाडौँ । नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल र पुर्बसहमहामन्त्री गोबिन्दराज जोशीको ब्यक्तीगत रिसिईबीका कारण तनहुं काँग्रेसमा भाँडभैलो भएको छ । तनहुं गत प्रतिनिधि सभा निर्बाचनमा रामचनद्र पौडेल लगायतलाई पराजित गर्न जिउज्यान दिएर लागेको आरोप लगाइएका गोबिन्दराज जोशीले जिल्ला भेला बोलाएपछि पौडेलको सभापति देउवासंगको सल्लाहमा नेता जोशीलाई कारबाही गरेको पत्र मुख्यसचिब कृष्णचन्द्र पौडेलले विज्ञप्तीमार्फत सार्बजनिक गरेपछि थप हंगामा भएको छ । काँग्रेसमा दुबै नेता योगदान गरेका भएपनि नेता पौडेल जोशीलाई मान्ने पक्षमा छैनन् भने नेता जोशी आफू पौडेल भन्दा कम नभएको ठान्दछन् । दुबै नेताको दम्भका कारण तनहुं काँग्रेसका कार्यकर्ता अन्यौलमा देखिन्छन् भने राष्ट्रिय राजनीतिमा समेत जोशी कारबाहीको प्रकृयाले असर गरेको छ । नेता जोशी गृह मन्त्री, शिक्षा मन्त्री शक्तीसाली पदमा समेत आशिन भएका थिए, पछि भ्रष्टाचारको मुद्धा लागेपछि राजनीतिमा पछाडि परेको देखिएपछि राष्ट्रिय राजनीतिमा काँग्रेसको ब्याकबोनको रुपमा देखिदै आएका छन् । नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा पौष २६ गते काँग्रेसबाट निकालिए जोशी र जोशीको सदस्यता खारेज भन्ने शिर्षकमा प्रकाशित समाचारप्रति तनहुँ काँग्रेसले आपत्ति जनाएको छ । बिहिवार एक वक्तब्य जारी गर्दै विशेष जिल्ला अधिवेशन आयोजक समितिका संयोजक डिल्लीराम अधिकारीद्धारा हस्ताक्षरीत विज्ञप्तीमा भ्रामक समाचारको खण्डन गरिएको हो । नेता जोशीले पत्रकारहरुसंग प्रतिकृया दिँदै आफू निष्काशित भए पौडेल पनि काँग्रसबाट आफूसंगै निष्काशित भएको प्रतिकृया दिएका छन् । सभापति देउवा भने यस बिषयमा मौन देखिएका छन् ।

सार्बजनिक भएको प्रेश वक्तब्य जस्ताको तस्तैः

नेपाली काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्धारा मिति २०७५ साल पौष २४ गते हस्ताक्षरित नेपाली काँगे्रस तनहुँको नाममा प्रेषित पत्रको आधारमा अन्नपूर्ण दैनिकको समाचारमा मिति २०७५ साल पौष २६ गते काँग्रेसबाट निकालिए जोशी र जोशीको सदस्यता खारेज भन्ने शिर्षकमा प्रकाशित समाचारमा हाम्रो ध्यान आकृष्ट भएको छ ।
यो समाचारले जनमानसमा भ्रम सृजना गरेको छ । नेपाली काँगे्रसका मुख्य सचिव पौडेलको सदस्यता खारेज गर्न सक्ने हैसियत नभएको र उनको वक्तब्यमा लेखिएको कुराहरुले गोविन्दराज जोशीलाई काँगे्रसको सदस्यताबाट नहटाएको स्पष्ट छ । नेपाली काँगे्रसको विधानको धारा ४९ को ९११० ९ख० मा बागी उमेद्वार भै चुनाव लडेमा पार्टी सदस्यता नरहने भन्ने प्रावधान रहेको र गोविन्दराज जोशीले प्रतिनिधिसभा सदस्यमा उमेदवारी दर्ता गराएको दाबी रामचन्द्र पौडेलको उजुरी अनुसार गोविन्दराज जोशीको उमेदवारी रद्ध भै चुनाव लडन नपाएको , मतपत्रमा उमेदवारीको नामनै नभएको, चुनाव चिन्ह रोज्न नपाएको , उमेदवारको अन्तिम नामावली प्रकाशन हुँदा गोविन्दराज जोशीको नाम नरहेको , अवस्थामा चुनावमा आफनो उमेदवारीनै नरहेको हुँदा उक्त प्रकाशित समाचारको खण्डन गरेको छु । नेपाली काँगे्रसको विधानको धारा ४२ ९४ ० मा कुनै पनि सदस्यलाई कारवाही गर्न केन्द्रीय अनुसासन समितिको स्पष्टीकरण माग्ने र ४२ को ९५ ० अनुसार कारवाही गर्दा सफाईको उचित मौका दिनुपर्नेछ भन्ने वैधानिक ब्यवस्था हुनुको साथैै प्राकृतिक न्यायको सिद्धान्त अनुसार आफुमाथि लगाइएको आरोपको प्रतिरक्षा गर्ने मौकाबाट बन्चित हुनुपर्ने अवस्था नरहेको हालसम्म गोविन्दराज जोशीलाई आफुमाथि लगाईको आरोपको खण्डन गर्ने सूचना सम्म पनि नदिएको , र विधानको धारा ३३ अनुसार अनुसासन समितिनै गठन नभएको अवस्थामा गोविन्दराज जोशीलाई नेपाली काँगे्रसको साधारण सदस्यताबाट हटाईको भन्ने भ्रामक समाचार प्रकाशित भएको, यस्ता समाचारले समाजमा विकृति फैलाउने हुँदा यस्ता समाचार सम्प्रेशण नगर्न , भ्रामक समाचारको खण्डन गरिदिनुहुन अनुरोध छ ।
डिल्लीराम अधिकारी
संयोजक
नेपाली काँगे्रस तनहुँ
विशेष जिल्ला अधिवेशन आयोजक समिति