आर्थिक

एनआई सी एशिया बैंकद्वारा पाँच लाखको बिमा भुक्तानी

काठमाण्डौ । एनआईसी एशिया बैंकले बिमाबापतको पाँचलाख रकम आज हस्तान्तरण गरेको छ । बैंकको अत्यन्त लोकप्रिय रहेकोे बचत निक्षेप योजना“प्रिमियम समुन्नती बचत खाता”खोलेका बैंकका आदरणीय ग्राहक स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधनभएकोमा उक्तखाता खोल्दा रु. ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षति पुर्तिबापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा रजत कृष्ण श्रेष्ठलाई एक कार्यक्रमका बिच क्षतिपुर्ति बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरेको हो । उक्तचेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत सन्तोष कुमार राठीबाट आज बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरेको हो । उक्त कार्यक्रममा राठीले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकमखातावालकोपरिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जनाए ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८९ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २२ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफलभएको छ । बैंकको वासलातको आकार रू. २१६ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४७ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ ।