आर्थिक

एनएमबि बैंकको २३ औं वार्षिक साधारण सभा

काठमाडौँ । एनएमबि बैंकले आफ्नो २३ औँ वार्षिक साधारण सभा यहि बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा संचालक समितिका अध्यक्ष श्री पवनकुमार गोल्याणको अध्यक्षतामा सम्पन्न गरेको छ ।

साधारण सभाले एनएमबि बैंकको आर्थिक वर्ष २०७४/७५ को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी रु. ९. अरब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।