आर्थिक

कुमारी बैंकले आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने

काठमाडौँ । कुमारी बैंकले आफ्ना शेयरधनीलाई आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ । बैंकले आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट रु ६० करोड ८८ लाख ८८ हजार ५७३ बराबरको शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३३ लाख ९४ हजार ९७३ बराबरको आठ दशमलव पाँच प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले तत्कालीन काष्ठमण्डप डेभलपमेन्ट बैंक, महाकाली विकास बैंक, काँक्रेविहार विकास बैंक र पश्चिमाञ्चल फाइनान्स कम्पनीलाई प्राप्ती गरी एकीकृत कारोवार गर्दै आएको छ ।

ती वित्तीय संस्थालाई गाभेर गत असार १६ गतेदेखि संयुक्त कारोवार गरेकाले सो मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेका शेयरधनीलाई वितरण गरेको लाभांशमा कर नलाग्ने व्यवस्था रहेको बैंकले जनाएको छ । बैंकले सोही अवधारणाका आधारमा लाभांश शेयरमा कर प्रयोजनाका लागि नगद लाभांशको व्यवस्था नगरिएको बताएको छ ।