राजनीति

काङ्ग्रेसद्वारा ढकालको निधनप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाली काङ्ग्रेसले पार्टीका पुराना नेता केशवप्रसाद ढकालको निधनप्रति दुःख व्यक्त गरेको छ ।

काङ्ग्रेसका तर्फबाट पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शोक विज्ञप्तिमार्फत ढकालको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको आत्माको चिरशान्तिको कामना र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

काङ्ग्रेस महासमिति सदस्य लोकेश ढकालका पिता केशवप्रसाद ढकालको गए राति चावहिल मनमैजुस्थित आफ्नै निवासमा ८६ वर्षको उमेरमा निधन भएको पार्टी कार्यालयले जनाएको छ ।

स्व ढकाल २००७ सालको क्रान्तिमा संलग्न हुनुहुन्थ्यो र क्रान्तिपछि सुवर्णशम्शेर राणा स्वदेश फर्कदा उहाँ पनि सँगै नेपाल फर्किनुभएका थिए। स्व ढकालले नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँका तीन छोरा र दुई छोरी छन् ।